काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलको उद्घाटन खेलमा इटालीले टर्कीविरुद्ध सहज जित निकालेको छ । रोमस्थित ओलम्पिक स्टेडियममा शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले टर्कीविरुद्ध ३–० को सहज जित निकालेको हो ।
इटालीका लागि सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक एक गोल गरे । यस्तै , इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो ।खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले सुरुवाती अग्रता बनाएको थियो ।
६६ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २–० गोलको अग्रता दिलाए । त्यसपछि ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३–० गोलको जित दिलाए । जितसँगै इटालीले समूह ए मा ३ अंक जोडेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ २९ शनिबार
Comments