काठमाडौं । फिफा विश्वको छनोटमा ब्राजिलले अपराजित यात्रालाई कायम राखेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार पाराग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिलको अपराजित यात्रा कायम राखेको हो ।
ब्राजिलको जितमा नेयमार र लुकास पाक्वेटाले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा गाब्रियल जिससको पासमा नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा नेयमारको पासमा लुकासले गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए । छनोटमा यो ब्राजिलको लगातार छैटौं जित हो ।
ब्राजिल ६ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पाराग्वे ६ खेलमा ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ जेठ २६ बुधबार
Comments