काठमाडौं । जर्मनीले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा फराकिलो जित निकालेको छ । सोमबार राति जर्मनीले लात्भियालाई ७–१ गोल अन्तरले हराएको हो ।
जर्मनको जितमा थोमस मुलरले झण्डै दुई वर्षपछि अन्तराष्ट्रिय गोल गरे । युरो कपको तयारी स्वरुप खेलिएको खेलमा जर्मनीले फराकिलो जित निकाल्यो ।
पहिलो हाफमा जर्मनीले रोविन गोसेन्स, म्यान्चेष्टर सिटीका इल्के गुन्डोगन, मुलर, सर्ज ग्याब्री र एक आत्मघाति गोल उपहार पाएको थियो ।
चेल्सीका फरवार्ड टिमो वार्नर र लिरो सानेले दुई गोल थपेपछि जर्मनीले प्रभावशाली जित निकाल्यो । कप्तान म्यानुअल नेउर सय क्याप पुरा गर्ने पहिलो जर्मन गोलकिपर बने । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ २५ मंगलबार
Comments