काठमाडौं । सन् २०२२ को विश्वकप छनोटमा अष्ट्रेलियाले कुवेतलाई हराएको छ । एसियाली छनोट अन्तर्गत समुह बीको खेलमा बिहिबार राति अष्ट्रेलियाले कुवेतलाई ३–० ले हराएको हो ।
जित सहित अष्ट्रेलियाले समूह विजेता बन्दै छनोटको तेस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । अष्ट्रेलियाको जितमा म्याथ लेकी, ज्याकसन इर्भिनी र एजडिन हास्टिकले एक एक गोल गरे ।
अष्ट्रेलियाले पहिलो मिनेटमै खेलमा अग्रता बनाएको थियो । लेकीले हेडमार्फत सहज गोल गर्दै पाहुना टोली अष्ट्रेलियालाई जित दिलाए । ज्याकसनले पेनाल्टीमा गोल गर्दै २४ औं मिनेटमा अष्ट्रेलियाको अग्रता दोब्बर बनाए । एजडिनले ६६ औं मिनेटमा अष्ट्रेलियाका लागि तेस्रो गोल गरेका थिए ।
दोस्रो हाफमा घरेलु टोली कुवेतले सुधारिएको प्रर्दशन गरेपनि गोल निकाल्न सकेन । पहिलो हाफमा अष्ट्रेलिया घरेलु टोलीमाथि हावी देखिन्थ्यो ।
प्राप्त जितले समूह बीमा अष्ट्रेलिया थप बलियो बन्यो । उनले सम्पुर्ण ५ वटै खेलमा जित निकाल्यो । उनले ५ खेलबाट १५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रह्यो ।
दोस्रो स्थानको कुवेतको १० अंक रह्यो । तेस्रो स्थानको जोर्डनको समेत समान १० अंक छ । चौथो स्थानको नेपालले बिहिबारनै जित निकालेर ६ खेलबाट ६ अंक जोडेको छ । चाईनिज ताईपे अंक विहिन हुँदै तालिकाको पुछारमा छ । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ २१ शुक्रबार
Comments