काठमाडौं । इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकुले आफु इन्टरमै बस्ने बताएका छन् । बेल्जियमको एक टेलिभिजनसँग कुरा गर्दै लुकाकुले आफु क्लबमा खुसी रहेको र इन्टरमै बस्ने बताएका हुन् ।
म बस्नेछु । इन्टरमा मैले सहज महसुस गरेको छु, लुकाकुले भने । बेल्जियमका लुकाकु सन् २०१९ मा म्यानचेस्टर युनाईटेडबाट इन्टर आएका थिए ।
चेल्सीका पूर्व स्ट्राइकर समेत रहेका लुकाकुले इन्टरका लागि ९५ खेलमा ६४ गोल गरिसकेका छन् । यस सिजन इन्टरलाई सिरी ए उपाधि दिलाउन लुकाकुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
लुकाकुले यस सिजन ३६ खेलमा २४ गोल गरेका थिए । इन्टरले ११ वर्षपछि लिगको उपाधि जितेको हो । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ २० बिहिबार
Comments