काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाईनिज ताईपेसँग भिड्दै छ ।
कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार राति पौने १० बजेबाट सुरु हुनेछ । दुवै टोली खेलमा जित निकाल्दै ३ अंक बटुल्न चाहान्छन् ।
ताईपेविरुद्ध मैदान उत्रदा नेपाल स्पस्ट जितको खोजीमा हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताईपेविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् ।
यस्तै, ताइपेका प्रशिक्षक भोम का हुमले सबै खेलाडी राम्रो मुडमा रहेको र टिमले नेपालसँग खेल्नका लागि निकै राम्रो तयारी गरेको र जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताए ।
चाईनिज ताईपेविरुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ । नेपाल र ताइपे अहिलेसम्म दुई पटक भिडेका छन् । पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २–० को बाजी मारेको थियो ।
हाल फिफा बरियतामा चाइनिज ताइपेइ एक सय ४१ औं स्थानमा रहेको छ भने नेपाल एक सय ७१ औं स्थानमा छ ।
कुवेत जानु अगाडि नेपाली टिमले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले ६–२ गोल अन्तरको हार ब्यहोरकेो थियो ।
ताइपेपछि नेपालले जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।
प्रकाशित मितिः २०७८ जेठ २० बिहिबार
Comments