काठमाडौं । अर्जिन्टिनी फरवार्ड सर्जियो अगुएरोले बार्सिलोना विश्वकै उत्कृष्ट क्लब भएको बताएका छन् । सोमबार बार्सिलोनामा अनुबिन्धत भएपछि पत्रकार सम्मलेनका क्रममा ३२ वर्षीय अगुएरोले विश्वकै उत्कृष्ट क्लबमा अनुबन्धित हुने आफ्नो निर्णय महान् भएको उल्लेख गरेका छन् ।
सोमबार बार्सिलोनाले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीबाट अनुबन्ध गरेको हो । बार्सिलोनाले फ्री ट्रान्सफरमा उनलाई अनुबन्ध गरेको हो । उनले सन् २०२३ सम्मका लागि सम्झौता गरेका छन् । सिटीका सर्वाधिक गोलकर्तासमेत रहेका अगुएरोले पाँच प्रिमियर लिगको उपाधिसहित १५ वटा ट्रफी जितेका छन् ।
‘हामी सबैलाई थाहा छ कि बार्सिलोना विश्वकै उत्कृष्ट क्लब हो, यसैले मलाई लाग्छ मैले एउटा महान् निर्णय लिएको छु’, उनले भनेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ १८ मंगलबार
Comments