काठमाडौं । ब्रेन्टफोर्ड इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । शनिबार राति भएको च्याम्पियनसिपको प्ले अफमा १० खेलाडीमा सिमित स्वान्सी सिटीलाई २-० गोल अन्तरले पराजित गर्दै ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा भएको हो ।
ब्रेन्टफोर्डलाई जित दिलाउन इभान टोनी र इमिलियानो मार्कोन्डेसले एक एक गोल गरे । खेलको दशौँ मिनेटमा टोनीले पेनाल्टीमा गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको २० औं मिनेटमा मार्कोन्डेसले गोल गर्दै ब्रेन्टफोर्डलाई २-० को जित दिलाए । यस्तै खेलको ६५ औं मिनेटमा जय फुल्टनले रातो कार्ड पाएपछि स्वान्सी १० खेलाडीमा समेटिएको थियो ।
यससँगै ब्रेन्टफोर्ड पहिलो पटक शीर्ष डिभिजनको लिगमा बढुवा भएको छ । गत सिजन ब्रेन्टफोर्ड प्ले अफको फाइनलमा फुलहमसँग पराजित भएर बढुवा हुनबाट बन्चित भएको थियो । ब्रेन्टफोर्डले ७४ वर्ष पछि प्रिमियर लिग खेल्न लागेको हो । ब्रेन्टफोर्डले आगामी सिजन प्रिमियर लिग खेल्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ १६ आइतबार
Comments