काठमाडौं । अमेरिकी मेजर लिग सकर एमएलएस क्लब इन्टर मियामीलाई कीर्तिमानी २ मिलियन अमेरिकी डलर जरिवाना गरिएको छ ।
खेलाडी किन्दा एमएलएसको नियम तोडेको भन्दै डेभिड बेकह्यामको क्लबलाई २ मिलियन जरिवाना गरिएको हो । सन् २०२० मा युभेन्ट्सबाट फ्रेन्च मिडफिल्डर ब्लेइस माटुइडी अनुबन्ध गर्दा मियामीले एमएलएसको नियम तोडेको बताईएको छ ।
एमएलएसले माटुइडीलाई अनुमति भन्दा धेरै पैसा तिरेर मियामीले किनेको जनाएको छ । यस्तै गत सिजन क्लबले ४ खेलाडी अनुबन्ध गरेर एमएलएसको नियम तोडेको जनाएको छ ।
मियामी सन् २०१८ मा स्थापना गरिएको क्लब हो । मियामीले गत वर्षबाट एमएलएस खेलिरहेको छ ।एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ १५ शनिबार
Comments