एजेन्सी, १ फागुन । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई २–० ले हरायो ।
युनाइटेडको जितमा आन माटा र एन्थोनी मार्शलले गोल गरे । ३२ औं मिनेटमा माटाले गोल गर्दै पहिलो हाफमा म्यानचेस्टर युनाइटेडलाई १–० को अग्रता दिलाए । ६० औं मिनेटमा मार्शलले गोल गर्दै युनाइटेडको २–० को जित पक्का गरे ।
लिगका पछिल्ला १६ खेलमा अपराजित रहेको युनाइटेडको यो लगातार दोस्रो जित हो । यसअघिको खेलमा लगातार तीन खेलमा बराबरी गरेपछि युनाइटेडले साबिक विजेता लेस्टर सिटीलाई ३–० ले हराएको थियो । वाट्फोर्डमाथिको जितपछि युनाइटेड चौथो र पाँचौं स्थानका लिभरपुल र म्यानचेस्टर सिटी भन्दा एक अंकले मात्रै पछि परेको छ । लिभरपुल र म्यानचेस्टर सिटीको ४९ अंक छ । छैटौं स्थानको युनाइटेडको २५ खेलबाट ४८ अंक भएको छ ।
राति नै भएका अरु खेलमा मिडल्सबर्ग र एभर्टनले गोलरहित तथा वेष्ट ह्याम र वेष्ट ब्रोमले २–२ को बराबरी खेले ।
म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई हरायो
0
Share.
Comments