काठमाडौं । प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिड छाड्ने भएका छन् । उनले यसको जानकारी क्लबका निर्देशक तथा केही खेलाडीलाई गराएको एक स्पेनिस पत्रिकाले जनाएको छ ।
यो सिजन रियल मड्रिडले उपाधि जित्न सकेन । यस सिजनो लिगको अन्त्यमा रियल एट्लेटिको मड्रिडभन्दा पछि रह्यो ।
जिदानले रियल छाडेपछि एन्टोनियो कोन्टेले क्लब सम्हाल्ने अनुमान गरिएको छ । उनले हालैमात्र इटालियन क्लब इन्टर मिलानबाट विदा भएका थिए ।
प्रकाशित मितिः २०७८ जेठ १३ बिहिबार
Comments