काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम आज त्यसतर्फ प्रस्थान गर्दै छन् । मैत्रीपुर्ण खेलका लागि २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम इराक जान लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाका अनुसार नेपाली टिम कतार एयरवेजबाट राति १० बजे इराक प्रस्थान गर्न लागेको हो । इराक जान लागेको टिमका २३ खेलाडी र १२ अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
नेपालले जेठ १५ (मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका थिए ।
नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।
यो टिममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालपनि जाने भएका छन । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।
प्रकाशित मितिः २०७८ जेठ ११ मंगबार
Comments