काठमाडौं । फ्रान्सका स्ट्राइकर करिम बेन्जिमाले युरोकपमा युवा स्ट्राइकर केलियन एमबाप्पेसँगको सहकार्यका लागि आफु उत्साहित रहेको बताएका छन् ।
लामो समयपछि राष्ट्रिय टिममा फर्किएका बेन्जिमाले एक अन्तर्वार्तामा युवा स्टार एमबाप्पेसँगको सहकार्यको लागि उत्साहित रहेको बताएका हुन् ।
मैले धेरै प्रतिक्रिया पाएको छु । एमबाप्पेसँग खेल सजिलो हुन्छ । यो सत्य हो की उ एक युवा खेलाडी हो । तर धेरै प्रतिभाशाली,ु बेन्जिमाले भनेका छन्, मलाई उसको फुटबल खेल्ने शैली मन पर्छ । तर, राम्रो खेल्छौ खेल्दैनौ । अब मैदानमा नै हामीमाथि निर्भर हुनेछ ।
फ्रान्सले मंगलबार राति युरोकप खेल्ने २६ सदस्सीय टिमको घोषणा गरेको थियो । फ्रान्सले घोषणा गरेको टिममा करिम बेन्जिमाले पुनरागमन गरेका थिए । रियल मड्रिडका फरवार्ड बेन्जिमा ६ वर्षपछि टिममा परेका हुन् । बेन्जिमा २०१५ बाट राष्ट्रिय टिम बाहिर रहदै आएका थिए ।
उनी यौनकाण्डमा मुछिएपछि टिम बाहिर रहदै आएका थिए । ३३ वर्षीय बेन्जिमाले पूर्व टिम मत माथियुलाई यौन भिडियो पठाएर ब्लाकमेल गरेको आरोप लागेको थियो । तर, उनले आरोपलाई नकार्दै आएका छन् ।
यस्तै बेन्जिमाले एमबाप्पे मात्र नभई एन्टोनी ग्रीजम्यान, पाउल पोग्बा, ओलिभर जिरुड जस्ता खेलाडीसँग खेल्नका लागि समेत उत्साहित भएको बताए । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ । यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।
विश्वकप विजेता फ्रान्स कठिन मानिएको समूह एफ मा रहेको छ । यस समूहमा फ्रान्ससँगै साविक विजेता पोर्चुगल, जर्मनी र हंगेरी रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ ८ शनिबार
Comments