काठमाडौँ । पेरिस सेन्ट जर्मेन पीएसजी ले फ्रेन्च कप ९कप दि फ्रान्स को उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा पीएसजीले मोनोकालाई २–० ले पराजित गर्दै उपाधि जितेको हो ।
पीएसजीका लागि मोउरो इकार्डी र केलियन एमबाप्पेले एक एक गोल गरे । खेलको १९ औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ८१ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई जित दिलाए ।
पीएसजीले यो सिजन प्रशिक्षक मउरिसो पोचेटिनोको नेतृत्वमा जितेका यो दोस्रो उपाधि हो । यसअघि पीएसजीले जनवरीमा ट्रफे डेस च्याम्पियन्स जितेको थियो । फ्रेन्च कपको सर्वाधिक सफल पीएसजीले १४ औं पटक उपाधि जित्न सफल भएको हो । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ ६ बिहिबार
Comments