काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेष्टर सिटीलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले लेष्टरलाई २-गोल अन्तरले परजित गरेको हो ।
घरेलु मैदानमा खेलको ४७ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा केलीची इहिनाचोले एक गोल फर्काए पनि चेल्सी २-१ ले विजयी भयो । जितसँगै चेल्सीले ३७ खेलमा ६७ अंक जोडेको छ । चेल्सी तेस्रो स्थानमा उक्लिएको छ ।
लेष्टर ६६ अंक जोडेर चौंथो स्थानमा रहेको छ । चेल्सी र लेष्टर दुबैको शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ ५ बुधबार
Comments