काठमाडौं । इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले घरेलु मैदानमा हुने न्युजिल्याण्डविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् ।
चोटको कारण बलर आर्चरले न्युजिल्याण्डविरुद्धको सिरिज गुमाउने भएका हुन् । आर्चरले दाहिने हातको कुहिनोको चोटको कारण सिरिज गुमाउने भएका हुन् ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आर्चरले सिरिज गुमाउने पुष्टि गरेको छ । चोटकै कारण उनले ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल गुमाएका थिए ।
चोट मुक्त हुँदै उनी काउन्टी च्याम्पियनसिप खेलेका थिए । तर, उनको चोट पुन बल्झिएको बताईएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ ३ सोमबार
Comments