काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलान बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा मिलान काग्लियारीसँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा मिलान रोकिएको हो । यस बराबरीसँगै मिलानले ३७ खेलमा ७६ अंक जोडेको छ ।
मिलान चौंथो स्थानमा रहेको छ । मिलानको शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम रहेको छ । यस्तै मिलानको बराबरीले युभेन्ट्सको पनि च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना देखिएको छ ।
पाँचौं स्थानको युभेन्ट्सको ७५ अंक रहेको छ । काग्लियारी ३७ अंक जोडेर १६ औं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ ३ सोमबार
Comments