काठमाडौं । चेल्सीलाई पराजित गर्दै लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार राति भएको फाइनलमा चेल्सीलाई १–० ले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो ।
लेष्टरका लागि युरी टियलमेन्सले निर्णायक गोल गरे । खेलको ६३ औं मिनेटमा युरीले उत्कृष्ट गोल गरेका थिए । झन्डै २० हजार दर्शक उपस्थित रहेको खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । चेल्सीले आफ्नो पहिलो रोजाइको टोली उतारेपनि लेस्टरलाई पराजित गर्न भने सकेन ।
पाँचौ पटक फाइनल खेलिरहेको लेस्टरले क्लब इतिहासमा नै पहिलो पटक एफए कप उपाधि जितेको हो । यसअघि टोली चार पटक फाइनलमा पराजित भएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ २ आइतबार
Comments