काठमाडौं । मोन्टपेलियरलाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा मोन्टपेलियरलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै पीएसजी फाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित र अतिरिक्त समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
निर्धारित खेलको १० औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लाबोर्डेले गोल गर्दै मोन्टपेलियरलाई १–१ को बराबरीमा ल्याए । ५० औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए ।
तर, ८३ औं मिनेटमा मोन्टपेलियरका एन्डीले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा धकेले । पेनाल्टीमा पीएसजीका एन्जल डी मारिया, नेयमार, जुलियन, लिन्ड्रो डानिल, मार्क्विन्होस र मोइस किनले गोल गरे भने मोन्टपेलियरका तेजी, एन्डी डोलेर्ट, स्टेफी, मिहाइलो, लाबोर्डेले गोल गर्दा जुनियर साम्बिया गोल गर्न चुकेका थिए ।
अब पीएसजीले उपाधिका लागि मोनाको र जिएफए रुमिलली भाल्लीरेससँग मे १९ मा प्रतिस्पर्धा गर्नेछ । यि दुई टोलीले आज राति प्रतिस्पर्धा गर्दैछन् ।
Comments