काठमाडौं । तीन खेल बाँकी रहँदै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।
मंगलबार रातिको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेपछि सिटीले सातौं लिग उपाधि जितेको हो ।
युनाईटेड घरेलु मैदानमा लेष्टरसँग २–१ ले पराजित भएको थियो ।
सिटीले ३५ खेलमा ८० अंक जोड्दै लिग उपाधि पक्का गरेको हो । अन्तिम तीन चरणको खेल बाँकी रहेको अवस्थामा दोस्रो स्थानको युनाइटेडसँग १० अंकको अग्रता बनाएको हो । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख २९ बुधबार
Comments