काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ८-५ को जित निकाल्दै युनाईटेड फाइनल पुगेको हो ।
इटालियन क्लब रोमाको मैदानमा पराजित भएपनि युनाईटेडले पहिलो लेगमा निकालेको ६-२ को जितको कारण फाइनल यात्रा तय गरेको हो ।
दोस्रो लेगमा रोमालाई जित दिलाउन इडेन डेज्को र ब्रायन क्रिस्टान्टेले एक एक गोल गरे । युनाईटेडका एडिन्सन काभानीले दुई गोल फर्काएपनि एलेक्स टेलासले एक आत्मघाती गोल गरेका थिए ।
अब युनाईटेडले फाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ । भिल्ला रियलले आर्सनललाई समग्रमा २-१ ले हराएर फाइनलमा स्थान पक्का गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख २४ शुक्रबार
Comments