एजेन्सी, २७ माघ । लेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । गएराति भएको चौथौ चरणको रिप्लेमा डर्बी काउन्टीलाई हराएर लेस्टर सिटीले पाँचौं चरणमा स्थान बनाएको हो ।
लेस्टरको मैदानमा भएको खेलमा निर्धारित समयको खेल १–१ को बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो । पहिलोमा हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुमा नै एण्डी किङले गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए । ६१ औं मिनेटमा डर्बीका लागि अब्डोउल कामाराले बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएका हो । थप गरिएको समयको चौथो मिनेटमा विल्फ्रेड एनडिडीले गोल गर्दै लेस्टर सिटीलाई २–१ को अग्रता दिलाए । एक सय १४ औं मिनेटमा डिमेराई ग्रेले एकल प्रयासमा सुन्दर गोल गर्दै लेस्टर सिटीलाई ३–१ को जित दिलाए ।
इंग्लिस प्रिमियर लिगका रेलिगेशन जोनबाट माथि रहन संघर्षरत लेस्टरले सन् २०१७ मा घरेलु मैदानमा दर्ता गरेको यो पहिलो जित हो । ७ जनवरीपछि लेस्टरको यो पहिलो जित हो ।
लेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश
0
Share.
Comments