काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत आजको खेलले निरन्तरता पाउने भएको छ । लिग अन्तर्गत आजका लागि तय भएको मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल तय गरिएको समय तालिका अनुसार सञ्चालित हुने बताइएको छ ।
मुम्बई र हैदरावादबीचको खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा साँझ पौने ८ बजेबाट सुरु हुनेछ । यसअघि सोमबारको लागि तय भएको खेल स्थगित भएको छ ।
आईपीएलमा सहभागि कोलकोत्ता नाइट राइडर्सका दुई जना खेलाडीलाई कोरोना सङ्क्रमण देखिएपछि सोमबारको खेल स्थगित भएको हो । यस्तै चेन्नई सुपरकिंग्सका पनि ३ जना सदस्यमा कोरोना सङ्क्रमण देखिएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख २१ सोमबार
Comments