काठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) का म्याचहरू दिल्ली र अहमदाबादमा खेलिएकोमा ती शहरमा कोभिडका केसहरू बढिरहेकाले मुम्बईमा खेलाइने योजना बनाइएको छ । यसै सप्ताहान्तबाट मुम्बईमा खेल खेलाइने योजना छ ।
यसो हुँदा आईपीएलको शेड्युलमा परिवर्तन गर्नुपर्ने हुन्छ । दिनको दुईवटा खेल अर्थात् डबल हेडरहरू बढ्नेछन् । आईपीएलको फाइनल पनि मे अन्त्यमा नभई जुनको पहिलो हप्तामा गर्न सकिन्छ ।
आईपीएल मुम्बई लग्दा बायोबबल तयार पार्नु बीसीसीआर्ईको सबभन्दा ठूलो चुनौती हो । आठ टीमका लागि होटल खोज्न र स्टेडिय तयार पार्न पनि चुनौतीपूर्ण छ । बीसीसीआईले मुम्बईका होटलहरूमा फोन गरेर बायोबबल बनाउन सक्छौ कि सक्दैनौ भनेर सोधखोज गरिरहेको छ ।
आईपीएलको अर्को चरण बेंगलुरु र कोलकातामा अर्को साताबाट शुरू हुने कार्यक्रम थियो । तर कोभिडको दोस्रो लहरले भारतलाई आक्रान्त पारेको छ । आईपीएलको बायोबबलमा बसेका खेलाडी पनि कोरोना संक्रमित भइरहेका छन् ।
यस्तो अवस्थामा फ्र्यान्चाइजी, खेलाडी र अधिकारीहरू पनि जोखिमका कारण चिन्तित छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख २१ सोमबार
Comments