काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभिया पराजित भएको छ । सोमबार राति भएको खेलमा सेभियालाई एथ्लेटिक बिल्बाओले १-० ले हराएको हो । सेभिया घरेलु मैदानमै पराजित भएको हो ।
बिल्बाओलाई जित दिलाउन इनाकी विलियम्सले निर्णायक गोल गरे । खेलको ९० औं मिनेटमा विलियम्सले गोल गरेका थिए ।
यस जितसँगै बिल्बाओ लिगको नवौं स्थानमा उक्लिएको छ । बिल्बाओले ३४ खेलमा ४५ अंक जोडेको छ । सेभिया ७० अंक जोडेर चौंथो स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख २१ मंगलबार
Comments