काठमाडौं । प्रशिक्षक प्रदिप हुँमागाईलाई हटाएपछि ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको बाँकी खेलहरुका लागि प्रशिक्षणको जिम्मा राजु तामाङलाई दिएको छ । ललितपुरले चितवनसँगको खेलमा बराबरी खेलेपछि हुमागाई प्रशिक्षक आइतबार राती राजिनामा दिएका थिए ।
हुमागाई हुँदा सहायक प्रशिक्षक रहेका राजुले अब मुख्य प्रशिक्षक भएर टिमलाई सम्हाल्नेछन । चार खेलसम्म जित निकाल्न नसकेको ललितपुरका यसअघिका प्रशिक्षक हुमागाईले नैतिकताका आधारमा राजिनामा दिएको बताएका थिए ।
उनी क्लवबाट बाहिरीएपछि क्लवले राजु तामाङलाई जिम्मेवारी थपेको छ । लिगमा चार खेलमा तीन अंक बोकेको ललितपुर टिमको खेल राम्रो भएपनि गोल गर्न नसकेको आरोप लाग्दै आएको थियो ।
ललितपुरले अहिलेसम्म खेलेका चार खेलमा एक खेल हारेको थियो भने तीन खेल बराबरी खेलेको थियो । पहिलो खेलमा काठमाडौंसँग एक शुन्यले पराजित भएको ललितपुर दोस्रो खेलमा चितवनसँग एक एकको बराबरी खेलेको थियो ।
यस्तै तेस्रो खेलमा धनगढीसँगपनि एक एक गोलकै बराबरीमा चित्त बुझाएको थियो । आइतबार भएको खेलमा ललितपुरले पोखरासँग गोलरहित बराबरी खेलेको थियो ।
प्रकाशित मितिः २०७८ बैशाख २० सोमबार
Comments