काठमाडौँ । दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल टी–ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो ।
जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । दिल्लीकन लनगि पृथ्वी शले ८२, शिखर धवनले ४६, कप्तान ऋषव पन्तले १६ र मार्कस स्टोइनिसले अविजित ६ रन बनाए ।
कोलकत्ताका पाट कुमिन्सले ३ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।
कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित ४५, सुबमन गिलले ४३, पाट कुमिन्सले अविजित ११, राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए ।
दिल्लीका अक्षर पटेल र ललित यादवले २र२ विकेट लिए । जितसँगै दिल्लीले ७ खेलमा १० अंक जोडेको छ । पाँचौ स्थानको कोलकत्ताले ७ खेलमा ४ अंक जोडेको छ ।
प्रकाशित मितिः २०७८ बैशाख १७ शुक्रबार
Comments