काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने भएको छ । नेपाली टोलीका २३ जना खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
त्यस्तै नेपाली टिमका ३ जना प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको उनले बताए । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच त्रिकोणात्मक सिरिज भएको थियो ।
प्रकाशित मितिः २०७८ बैशाख १५ बुधबार
Comments