काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले बार्सिलोना ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार राति भएको फाइनलमा ग्रीसका स्टेफानोस टित्सीपासलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।
विश्व नम्बर एक नाडालले दोस्रो वरीयताका स्टेफानोसमाथि ६-४, ६-७ ९६-८० र ७-५ को सेटमा जित निकालेका हुन् । यससँगै ३५ वर्षीय नाडालले १२ औं पटक बार्सिलोना ओपनको उपाधि जितेका छन् ।
नाडालले सेमिफाइनलमा आफ्नै देशका पाब्लो बुस्टालाई हराएर फाइनल यात्रा तय गरेका हुन् । स्टेफानोसले इटालीका जानिक सिन्नरलाई हराएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख १३ सोमबार
Comments