काठमाडौं । नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिजको लिगको अन्तिम खेलमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २१७ रन बनाएको हो ।
नेपालका लागि करण केसीले १३ बलमा ४५ रनको आक्रामक इनिंग खेलेका थिए । करणले आफ्नो इनिंगमा ७ छक्का प्रहार गरेका थिए । त्यस्तै कुशल मल्लले १० बलमा अविजित १९ रन बनाएका थिए ।
त्यस्तै नेपालका लागि आसिफ सेखले ४२, कप्तान ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३, कुशल भुर्तेलले १६, विनोद भण्डारीले ८ रन र सोमपाल कामीले २ रन बनाए ।
नेपालले बनाएको यो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो ठुलो उच्च रन हो । यस अघि नेपालले भुटानविरुद्धको खेलमा २३६ रन बनाएको थियो । मलेसियाका बलर फित्री शाम, साएद अजिज र अनवर रहमानले २-२ विकेट लिए भने मुहमद वाफिकले एक विकेट लिएका थिए ।
प्रकाशित मितिः २०७७ बैशाख ०९ बिहिबार
Comments