काठमाडौं । डेब्युपछि लगातार तीन खेलमा अर्धशतक प्रहार गरेर विश्वकीर्तिमान बनाएका कुशल भुर्तेल चौथो खेलमा १६ रनमा आउट भएका छन् । कीर्तिपुरमा मलेसियाविरुद्ध खेलमा कुशल १२ बलमा १६ रन बनाएर आउट हुन पुगे ।
उनले २ छक्का प्रहार गरेका थिए । पहिलो खेलमा नेदरल्याड्सविरुद्ध कुशलले ६२, दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ र तेस्रो खेलमा नेदरल्याण्ड्विरुद्ध पनि ६२ रन बनाएका थिए ।
डेब्युपछि लगातार तीन खेलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका कुशल आइसिसीको ब्याटिङ वरियतामा एकसय स्थानभित्र पनि अटाएका छन् । चौंथो म्याचमा पनि राम्रो लक्षण देखाए उनलाई मलेसियाका मुहम्मद वाफिकले पेभिलियनको बाटो देखाएका हुन् ।
अहिले नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेख क्रिजमा छन् । यो समाचार लेख्दासम्म नेपालले ५ ओभरमा १ विकेटको क्षतिमा ४४ रन बनाएको छ । ओपनर आसिफ १४ बलमा १ छक्का र २ चौकासहित १७ रन बनाएर खेलिरहेका छन् ।
प्रकाशित मितिः २०७७ बैशाख ०९ बिहिबार
Comments