काठमाडौं । मंगलबार दिल्ली क्यापिटलसँगको खेलमा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई १२ लाख जरिवाना तिराइने भएको छ।
उनले ढिला ओभर सकेको भन्दै जरिवाना तोकिएको हो । आईपीएलले भनेको छ( मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई जरिवाना किन लगाइएको छ भने, उनले दिल्ली क्यापिटल्सविरुद्धको खेलमा अत्यन्तै सुस्त गतिमा बलिङ गरे। यसलाई आईपीएल आचारसंहिता विपरीत मानिन्छ। सोही कारण उनलाई जरिवाना गरिएको हो। एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख ०८ बुधबार
Comments