काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । टियु क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।
नेपाल आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ । शनिबारदेखि सुरु भएको सिरिजमा नेपाल र नेदरल्याण्ड्स दोस्रोपटक खेल्न लागेका हुन् ।
यसअघि उदघाटन खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । त्यसपछि नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराउँदै पहिलो जित हात पारेको थियो । नेपालले सोमबार मलेसियालाई पनि ९ विकेटले हराउँदै दोस्रो जित हात पारेको थियो ।
राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । सिरिजको दुई खेलमा नेपाल अपराजित रहेको छ । नेपालले दुई खेलमा शतप्रतिशत जितसहित ४ अंक जोडेको छ ।
नेदरल्यान्ड्स २ खेलमा १ जितसहित २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।दुई खेल गुमाएको मलेसियाले अंक जोड्न सकेको छैन ।
प्रकाशित मितिः २०७८ बैशाख ०७ मंगलबार
Comments