काठमाडौं । चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो ।
जितको लागि १ सय ८९ रनको चुनौतीपूर्ण विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा १ सय ४३ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि जोस बट्लरले ४९, जयदेव उनाकडले २४, राहुल टेवाटियाले २०, शिवम डुबेले १७ र मनन भोराले १४ रन बनाए ।
चेन्नईका मोइन अलीले ३ तथा साम कुरन र रविन्द्र जडेजाले २र२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।
चेन्नईका लागि फाप डु प्लेसिसले ३३, अम्बाती रायडुले २७, मोइन अलीले २६, ड्वेन ब्राभोले अविजित २० र कप्तान महेन्द्र सिंह धोनी र सुरेश रैनाले समान १८/१८रन बनाए ।
राजस्थानका चेतन शाकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए । जितसँगै चेन्नई लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेन्नईले ३ खेलमा ४ अंक जोडेको छ । राजस्थान ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख ०७ मंगलबार
Comments