काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । चेन्नईमा हुने दिल्ली र मुम्बईबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दिल्ली आज तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ भने साविक विजेता मुम्बई पनि तेस्रो जित निकाल्ने योजनामा रहेका छन् ।
दिल्ली ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने मुम्बई ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख ०७ मंगलबार
Comments