काठमाडौं, २५ माघ । झापाको विर्तामोडमा सम्पन्न दोस्रो रमपम झापा गोल्डकप फुटबलको उपाधि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । विर्तामोडस्थित डोमालाल रंगाशालामा भएको फाइनल भिडान्तमा आयोजक झापा ११ लाई १–० ले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।
मनाङलाई जिताउन ६३ औं मिनेटमा ओलावालेले गोल गरे । योसँगै मनाङले सिजनमा तेस्रो उपाधी जितेको हो । यसअघि उसले धनगढीमा भएको खप्तड गोल्डकप र पोखरामा भएको आहा रारा गोल्डकप जितेको थियो । जितसँगै मनाङले ७ लाख रुपैयाँ र आयोजक झापा ११ ले ३ लाख ५० हजार रुपैयाँ पाएको छ । पहिलो संस्करणमा झापा ११ नेपाल आर्मीसँग फाइनलमै पराजित भएको थियो ।
झापा गोल्डकपको उपाधि मनाङलाई
0
Share.
Comments