काठमाडौं । युरोपका प्रतिष्ठित १२ क्लब सम्मिलित युरोपियन सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगिताको घोषणा भएको छ । संस्थापक क्लबमा इंग्ल्यान्डको प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम रहेका छन् ।
यस्तै स्पेनबाट बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड तथा इटालीबाट युभेन्ट्स, इन्टर मिलान र एसी मिलान संस्थापक क्लबमा रहेका छन् । संस्थापन क्लबमा थप ३ क्लब थपेर १५ बनाईने समेत बताईएको छ ।
रियलका अध्यक्ष समेत रहेका फ्लोरेन्टिनो पेरेजको अध्यक्षतामा गठित ईएसएलमा २० क्लबले प्रतिस्पर्धा गर्ने बताईएको छ । जसमा संस्थापन १५ र ५ टिम छनोटबाट आउने टिम रहने बताईएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख ०६ सोमबार
Comments