काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ । मुम्बईस्थित वान्ग्खडे स्टेडियममा बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएर राजस्थानले पहिलो जित निकालेको हो ।
जितको लागि १ सय ४८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ७ विकेटको क्षतिमा पूरा गर्दै जित निकालेको छ ।राजस्थानको जितमा डेभिड मिलरले ६२, क्रिस मोरिसले अविजित ३६, जयदेव उनाकडले अविजित ११ र राहुल टेवाटियाले १९ रन बनाए ।
दिल्लीका अभेस खानले ३ तथा क्रिस वोक्स र कागिसो राबडाले २र२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।
जितसँगै राजस्थान लिगको पाँचौ स्थानमा रहेको छ भने दिल्ली २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । दिल्लीको यो पहिलो हार हो ।
प्रकाशित मितिः २०७८ बैशाख ०३ शुक्रबार
Comments