एजेन्सी, २४ माघ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानचेस्टर युनाइटेडले साबिक विजेता लेस्टर सिटीलाई उसकै मैदानमा ३–० ले हरायो ।
म्यानचेस्टर युनाइटेडको जितमा हेनरिक एमखितर्यान, जाल्टन इब्राहिमोविच र आन माटाले गोल गरे । ४२ औं मिनेटमा एमखितर्यानले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । त्यसको दुई मिनेटपछि इब्राहिमोविचले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । यही सिजन युनाइटेड आएका इब्राहिमोविचले लिगमा १५ गोल गरिसकेका छन् । ३५ वर्ष एक सय २५ दिन पूरा भएका इब्राहिमोविच प्रिमियर लिगमा एकै सिजनमा १५ गोल गर्ने सबै भन्दा बढी उमेरका खेलाडी बनेका छन् । ४९ औं मिनेटमा माटाले गोल गरेपछि युनाइटेडले ३–० को अग्रता लियो । त्यसपछि पनि लेस्टर सिटीले गोल गर्न सकेन र युनाइटेड विजयी भयो ।
जितपछि छैटौं स्थानको म्यानचेस्टर युनाइटेडको २४ खेलबाट ४५ अंक भएको छ । हारेको साबिक विजेता लेस्टर सिटी भने रेलिगेशन जोनबाट केही माथि मात्रै छ । १६ औं स्थानको लेस्टर सिटीको २४ खेलबाट २१ अंक छ ।
म्यानचेस्टर युनाइटेड विजयी
0
Share.
Comments