एजेन्सी, २४ माघ । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा स्वान्सी सिटीलाई २–१ ले हराउँदै म्यानचेस्टर सिटी आर्सनललाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई जिताउन दुवै गोल गाब्रिएल जिससले गरे । जिससले ११ औं मिनेट तथा इन्जुरी समयमा गोल गरी म्यानचेस्टर सिटीलाई जिताएका हुन् । यही सिजन ब्राजिलको क्लब पाल्मेइराबाट म्यानचेस्टर सिटी आएका जिससले दुई खेलमा तीन गोल गरेका छन् । स्वान्सी सिटीका लागि ८१ औं मिनेटमा गेल्फी सिगुर्डसनले एक गोल फर्काए ।
जितपछि तेस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटीको २४ खेलबाट ४९ अंक भएको छ । म्यानचेस्टर सिटीलाई शीर्ष स्थानको चेल्सी भन्दा १० तथा दोस्रो स्थानको टोटनह्याम भन्दा एक अंकले पछि छ । स्वान्सी सिटी भने २१ अंकसहित १७ औं स्थानमा छ ।
म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो
0
Share.
Comments