काठमाडौं । त्रिकोणत्मक टी–ट्वान्टी सिरिजका लागि नेदरल्यान्ड्सको टोली नेपाल आइपुगेको छ । नेदरल्यान्ड्सको टोली सोमबार काठमाडौं आइपुगेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
क्रिकेट सिरिज आउँदो वैशाख ४ गतेबाट त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेदरल्यान्ड्सले आफ्नो पहिलो खेल आयोजक नेपालसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समयानुसार दिउँसो २ः१५ बाट सुरु हुनेछ ।
त्रिकोणात्मक सिरिजको अर्को टोली मलेसिया हो । डबल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ ।
प्रकाशित मितिः २०७७ चैत ३१ मंगलबार
Comments