काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागिरहेको ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीसँग खेल्ने भएको छ।
दशरथ रंगशालामा बैशाख ११ देखि जेठ १ गतेसम्म सञ्चालन हुने लिगको पहिलो दिन एक खेल मात्रै हुनेछ। तालिका अनुसार काठमाडौंले बैशाख ११ गते ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ। खेल बेलुकी ५ः३० बजे सुरु हुनेछ। प्रतियोगिताको दोस्रो दिन बैशाख १२ गते दुई खेल हुँदैछ।
पहिलो खेल दिउँसो २ः३० बजे रंगशालामा विराटनगर सिटी एफसीले धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ। बेलुकी ५ः३० बजे पोखरा थण्डर्सले बुटवल लुम्बनी एफसीसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता सिंगल्स राउण्ड रोविनको आधारमा सञ्चालन हुनेछ। अंक तालिकाको शीर्ष चार टिम प्लेअफमा पुग्नेछन्। फाइनल खेल जेठ १ गते रंगशालामा हुनेछ। प्रतियोगितामा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन्।
Comments