काठमाडौं, २१ माघ । दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकटमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय १७ रनको लक्ष्य पाकिस्तानले ७ ओभर ५ बलमै भेट्टाएको हो ।
भारतको नयाँ दिल्लीमा भएको खेलमा नेपालका रमेशबहादुर बाँनियाले ३१ बलमा १५ रन, सुनिल राना मगरले ४० बलमा ४० रन र लोकबहादुर थापाले १५ बलमा १० रन बनाए । जवाफी ब्याटिङमा आएको पाकिस्तानका लागि मति उल्लाहले ३५ बलमा ५० रन साथै रियासद खानले २० बलमा ५६ रन बनाए । १४ दशमलव ९४ को औषतमा रन बनाएको पाकिस्तानी ब्याटिङका सामु नेपाली बलर निरीह बने ।
यसअघि बिहीबार नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो । नेपाल बुधबार बंगलादेशसँग ५९ रनले तथा मंगलबार अष्ट्रेलियासँग १० विकेटले हारेको थियो । नेपालले शनिबार वेष्ट इन्डिजसँग खेल्नेछ ।
नेपाल पाकिस्तानसँग १० विकेटले पराजित
0
Share.
Comments