काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को १४औं सिजन शुक्रबारबाट शुरु हुदै छ ।
कोरोना महामारीका बीचमा भारतमै हुन लागेको आइपिएलको कडा स्वास्थ्य मापदण्डका बीच तयारी पुरा भएको छ ।
प्रतियोगितालाई सफल बनाउन कडा स्वास्थ्य मापदण्ड बनाएर खेलाडी, टिमका अन्य सदस्य, ब्रोडकाष्टिङ टिमका सदस्यहरुलाई कडा बायो बबलमा राखिएको छ । स्वास्थ्यका पुरा मापदण्ड बनाएर तयार गरेर बनाइएको निश्चित ठाउलाई बायो बबलु भनिन्छ । यसमा रहने हर कोहिलाई बाहिर आउने अनुमति हुदैन भने त्यँहा सबै सुविधान उपब्ध गरिएको हुन्छ । कोरोना परिक्षण गरिसकेपछि सात दिनको क्वारेन्टाइन अवधि पुरा गरेकालाई खेलाडी, अफिसियल, ब्रोडकाष्टिङ टिमका सदस्यहरुलाई बायो बबलमा राखिएको छ ।
आइपिएलको पहिलो चरणमा चार ठाउमा बायो बबल बनाएर खेलाडीसहित सम्बन्धित सबैलाई राखिएको छ । हाल चेन्नईमा एक र मुम्बईमा तीन बायो बबल बनाइएको छ । यसपछि अहमदावाद र दिल्लीमा दुई बायो बबल बनाइने छ । मुम्बईमा दुई बायो बबल पुरै प्रतियोगिता भारी नै चल्ने बताइएको छ ।
यस सिजनको आइपिएल ५३ दिनसम्म हुने भएको छ । ब्रोडकाष्टिङ टिमका सदस्यलाई १५ दिन अगाडी नै बोलाएर बायो बबलमा राखिएको बताइएको छ । ब्रोडकाष्टिङ टिमका सदस्य ७० देखि ९० दिन सम्म बायो बबलमा रहने भएका छन् भने खेलाडीहरु औसतमा ६० देखि ६५ दिनसम्म बायो बबलमा रहने भएका छन् ।
त्यस्तै पुरै प्रतियोगिता भरि १० हजार भन्दा बढी कोरोना परिक्षण हुने भएको छ ।
भारतमा कोरोना महामारीको दोस्रो लहर शुर भएसँगै सयौंलाई बायो बबलमा राख्ने काम चुनौतिपूर्ण बनेको छ । संक्रमण हरेक दिन बढिरहेकाले बिना दर्शक हुने खेलहरु सिमित ग्राउण्डमा हुने भएको हो । यस सिजन मुम्बई, अहमदावाद, चेन्नई, दिल्ली, कोलकोता र बैंगलुरुमा हुदै छ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र २६ बिहिवार
Comments