एजेन्सी, २१ माघ । घानालाई हराउँदै क्यामरुन अफ्रिका कप अफ नेशन्स फुटवलको फाइनल पुगेको छ । गएराती भएको दोस्रो सेमिफाइनल खेलमा घानालाई २–० हराउँदै क्यामरुन फाइनलमा पुगेको हो । ७२ औं मिनेटमा माइकल नाडुयले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएको खेलको अन्तिम समयतिर क्रिस्टियन प्यासागोले एक गोल थपे । बल पोजिशनमा पकड राखेपनि घानाले गोल भने गर्न सकेन ।
क्यामरुनले उपाधिका लागि इजिप्टसँग खेल्नेछ । इजिप्ट बुर्किनाफासोलाई टाइब्रेकरमा हराउँदै प्रतियोगितामा पुगिसकेको छ । फाइनल खेल सोमबार हुनेछ ।
क्यामरुन अफ्रिका कप अफ नेशन्सको फाइनलमा
0
Share.
Comments