काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब र श्रीलङ्का पुलिस खेलकूद क्लबबीच आज दशरथरंगशालामा खेल हुदैंछ । एशियाली फुटबल कप खेल्ने अनुमति पाएको त्रिभुवन आर्मी फुटबल क्लबले प्रारम्भिक चरणमा श्रीलङ्काली पुलिससँग भिड्न लागेको हो ।
त्रिभुवन आर्मी क्लबका ब्यवस्थापक बिकास मल्लले अर्को चरणमा प्रबेश गर्ने लक्ष्यका साथ श्रीलङ्काको पुलिस क्लबसँग स्पर्धा गर्ने तयारी गरिएको जानकारी दिएका छन ।
उक्त खेलमा रङशालाको कुल दर्शक क्षमताको पचास प्रतिशत दर्शक अटाउने गरी उपस्थिति रहनेछ । एसियाली फुटबल संघले क्षमताको पचास प्रतिशत दर्शक राख्न पाउने अनुमति दिएपछि एन्फाले उक्त खेलमा दर्शकलाई प्रवेश खुला गरेको छ । खेल बुधबार साँझ साढे पाँच बजेबाट सुरु हुनेछ । एनटिभी प्लसले सो खेलको प्रत्यक्ष प्रसारण गर्नेछ।
प्रकाशित मितिः २०७७ चैत्र २५ बुधबार
Comments