काठमाडौं । ललितपुर मेयर्स-११ ले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा एपीएफ क्लबलाई जितका लागि ६७ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनायो ।
ललितपुरका लागि कन्चन श्रेष्ठले सर्वाधिक १७ रन जोडिन । यस्तै कप्तान सरस्वती चौधरीले १२ रन बनाईन् ।
सन्तोषी चौधरी १३ रनमा अविजित रहिन् । ललितपुरलाई सस्तैमा समेट्न एपीएफकी बिना बुढाले ४ विकेट लिईन् । रेखा रावलले २ विकेट लिईन् ।
यस्तै कप्तान सिता राना मगर, सुमन विष्ट र करुणा भण्डारीको नाममा १र१ विकेट रह्यो ।
प्रकाशित मितिः २०७७ चैत्र २४ मंगलवार
Comments