काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड पराजित भएको छ ।
आइतबार राति भएको खेलमा एट्लेटिको सेभियासँग १-० गोल अन्तरले पराजित भएको हो । सेभियालाई जित दिलाउन मार्कोस अकुनाले निर्णायक गोल गरे ।
खेलको ७० औं मिनेटमा मार्कोसले निर्णायक गोल गरेका हुन् । त्यसअघि सेभियाले पेनाल्टीमा अग्रता लिने मौका गुमाएको थियो ।
खेलको आठौं मिनेटमा लुकास ओकम्पोसले पेनाल्टीमा गोल गर्न सकेनन् ।
लुकासको प्रहार एट्लेटिकोका गोलकिपर जान ओब्लाकले रोकेका थिए । यस हारसँगै एट्लेटिकोले शीर्ष स्थानमा फराकिलो अग्रता बनाउने मौका गुमाएको छ ।
एट्लेटिकोले २९ खेलमा ६६ अंक जोडेको छ । एट्लेटिको शीर्ष स्थानाम यथावत रहेको छ । सेभिया ५८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र २३ सोमवार
Comments