काठमाडौं । कोभिड- १९को बन्दाबन्दि पश्चात ब्याडमिन्टन प्रतियोगितामा बृद्धि हुन पुगेको छ । यसै क्रममा झुम्का ब्याडमिन्टन क्लबले प्रदेश नं. १ स्तररिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता चैत्र २७ र २८ गते आयोजना गर्न लागेको हो । एक महिनाको विचमा यो प्रदेश १ स्तरिय मेयरकप प्रतियोगिता दोश्रो हो ।
रामधुनी नरगापालिका, झुम्का, सुनसरीमा आयोजना हुने प्रतियोगितामा पुरुष युगल खुल्ला, यु-१७ गल्र्स एकल, खुल्ला गल्र्स एकल, भेट्रान्स ४५ माथि, र आन्तरिक खेलाडीहरुको गरि ५ विधामा करिव २०० सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।
प्रकाशित मितिः २०७७ चैत्र २२ आइतवार
Comments