काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन ५ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।
मंगलबार ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ माघ ७ बुधबार
Comments